तिर्न सक्नेले सावा ब्याज बुझाउनु, नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्नेमा ढुक्क


नेपालगन्ज ३० असार :  नेपाल उद्योग वाणिज्य महासंघले तिर्न सक्ने उद्योगी, व्यवसायीलाई बैंकको सावा ब्याज तिर्न र नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्ने जनाएको छ ।

बैंकका विषयमा उत्पन्न हुने समस्या समाधानका लागि संघले सम्पर्क व्यक्ति समेत तोकेको छ । लकडाउनको मारमा परेका व्यवसायीले बैंकको सावा ब्याज बुझाउन सकेका छैनन् ।

महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले तिर्न नसक्ने उद्योगी, व्यवसायीलाई मौद्रिक नीति मार्फत सम्बोधन हुने अपेक्षा गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले पनि बिभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । आफुहरुले मौद्रिक नीति मार्फत माग सम्बोधन हुने अपेक्षा गरेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

प्रकाशित मितिः     ३० असार २०७७, मंगलवार ०७:४८  |