काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) दिउसो ३ बजे मौद्रिक नीति ल्याउने भएको छ ।
राष्ट्र बैंकका अनुासर कोरोना प्रभावित उद्योग व्यवसायलाई तीन महिनादेखि एक वर्षसम्मको सहुलीयत तथा ऋणको पुर्नसंरचना गर्नेगरी मौद्रिक नीति तयार गरिएको छ ।
विशेषगरी होटलहरुलाई विशेष सुविधा ल्याइएको छ । राहत प्याकेज सहितको मौद्रिक नीति ल्याइने भएको छ । त्यसैगरी घर कर्जाको सुविधा बढाउने, हाउजिङ तथा ब्यापारिक भवन निर्माणमका पनि ऋणको सीमा बढाइएको बताइएको छ । कृषि क्षेत्र, सहुलियतपूर्ण ऋणको ब्यवस्था, पर्यटन, सार्वजनिक यातायात, ट्याक्सी, साना तथा मझौला, लघु उद्यमका लागि सहुलीयत प्याकेज ल्यायएको छ । पर्यटनलाई पुनर्कर्जाको व्यबस्था धेरै गरिएको छ । सेयर धितो ऋणको सीमा खुकुलो बनाउनुका साथै केही बढाइएको जनाइएको छ ।
मौद्रिक नीतिले कर्जा पुनर्तालीकिकरण तथा पुनर्कर्जाको समानुपातिक वितरणलाई फोकस गर्ने भएको छ । त्यसैगरी कोरोना प्रभावित क्षेत्रका बारेमा विशेष सम्बोधन गरिने भएको छ । बजारमा प्रयाप्त तरलता नहुँदा तरलताको अभाव हुन सक्ने अर्को समस्या छ । यसलाई सम्बोधन गर्नेबारे राष्ट्र बैंक चनाखो भएर लागि परेको बताइएको छ । अहिले बजारमा २ खर्ब रुपैयाँको तरलता रहेको छ । यो पर्याप्त नहुँदा थप तरलताका लागि आबश्यक पहल गरिने छ ।
कोरोना महामारीका कारण भएको लकडाउनले अर्थव्यबस्थालाई धेरै नै प्रभावित पारेको छ । अर्थतन्त्रलाई पुनरजीवित गर्नका लागि साना तथा मझौला उद्योगलाई मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ । साना तथा मझौला व्यवसायीलाई सहुलियत सहितको प्याकेज ल्याइने नेपाल राष्ट्र बैंक स्रोतको भनाई छ । त्यसैगरी मौद्रिक नीतिमा आत्म निर्भर अर्थतन्त्रको लागि नयाँ योजनाहरु ल्याइने भएको छ ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार तरलताको विकल्प खोज्दै साना तथा मझौला व्यवसाय लाई ९एसएमई० मौद्रिक नीतिले बढी फोकस गर्ने भएको छ । प्रत्येक स्थानीय तहमा समानुपातिक पुनर्कर्जा सुविधा वितरण गरिने गरी मौयद्रिक नीतिमा राष्ट्र बैंक जुटेको छ । लघु उद्यमशीलतालाई पनि मौद्रिक नीतिले सम्बोधन गर्ने भएको छ । लघु उद्यमीलाई केन्द्रित गरेर कर्जा वितरण कार्यक्रम ल्याइने बताइएको छ । यस अघिका नियमित मौद्रिक नीति भन्दा फरक किसिमको मौद्रिक नीति ल्याइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई रहेको छ ।