मौद्रिक नीति राम्रै आएको छ, कार्यान्वयन कस्तो हुन्छ हेर्छौ-धनबहादुर रावत


नेपालगन्ज ४ साउन : मौद्रिक नीतिलाई उद्योगी, व्यवसायीले उत्साहजनक भनेका छन् । तर कार्यान्वयनको अवस्था कस्तो हुन्छ भन्नेमा उनीहरुको चासो रहेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले मौद्रिक नीति उत्साह दिने खालको भए पनि अब कार्यान्वयन कस्तो हुन्छ भन्नेमा आफुहरुको ध्यान रहेको उल्लेख गरे । नीति राम्रो आए पनि कार्यान्वयन पक्ष कमजोर हुने गरेको उदाहरण दिदै रावतले कार्यान्वयन पक्षलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

मौद्रिक नीतिमा बैंकबाट प्रदान गरिने कुल पुनरकर्जामध्ये २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्याङ्नका आधारमा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । यसवाहेक ७० प्रतिशतसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत र १० प्रतिशतसम्म लघुवित्त वित्तीय संस्थामार्फत एकमुष्ठ रुपमा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

‘अध्यक्ष रावतले भने, ‘हामीले उठाएका मध्ये अधिकांस सुझाव मौद्रिक नीतिमा समेटिएको महसुस भएको छ । अब कार्यान्वयन राम्रो
हुनुपर्छ ।’ कोभिड–१९ बाट कम मात्रामा प्रभावित भएको पेशारव्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । कोभिड–१९ बाट मध्यम रुपमा प्रभावित पेशारव्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने छ ।

कोभिड–१९ बाट अति प्रभावित पेशारव्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने छ । कोभिड–१९ को कारण पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकता अनुसार थप समय प्रदान गर्न सक्ने व्यवस्था मिलाइने छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरिएको बताएका छन् ।अध्यक्ष रावतले समग्रमा आएको मौद्रिक नीतिलाई बुँदागतरुपमा प्रष्ट पार्नुपर्नेमा समेत जोड दिएका छने ।

प्रकाशित मितिः     ४ श्रावण २०७७, आईतवार १२:०८  |