नेपालगन्जका बैंकमा कार्यरत कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ


नेपालगन्ज ४ साउन :  नेपालगन्जका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको नमूना संकलन गरिएका मध्ये १ सय १७ जनामा कोरोनो रिर्पोट नेगेटिभ आएको छ ।

केही दिन अघि नेपालगन्जको राष्ट्र बैंक कार्यालयमा स्वाब संकलन गरिएको थियो । त्यस मध्ये सबैको रिर्पोट नेगेटिभ आएकोप्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । बैंकमा अग्रभागमा रहेर काम गर्ने कर्मचारीको स्वाब परीक्षण गरिएको थियो ।

कुनै बेला कोरोनाको हटस्पट भएको नेपालगन्जका बैंक तथा वित्तीय संस्थाले जोखिम उठाएर समेत सेवा दिएका थिए । बिभिन्न स्वास्थ्य सामाग्रीको अभाव झेल्दै कर्मचारीहरु काममा खटिएका थिए । उनीहरुको रिर्पोट नेगेटिभ आएपछि भने खुःसी भएका छन् ।

प्रकाशित मितिः     ४ श्रावण २०७७, आईतवार १५:५८  |