बाँकेमा बन्दै गरेका औद्योगिक क्षेत्रमा लगानी भित्रा्उने चूनौती


नेपालगन्ज ६ साउन :  बाँकेमा निर्माणाधिन दुई सहितऔद्योगिक क्षेत्रको संख्या तीनवटा पुगेको छ । देशकै पुरानो मध्येको नेपालगन्ज औद्योगिक क्षेत्र सन्चालनमा छ भने बैजनाथमा प्रदेशस्तरको नौवस्ता औद्योगिक क्षेत्र र खजुरामा औद्योगिक ग्राम निर्माणको चरणमा छ ।

बाँकेको राप्तीसोनारीमा बिशेष आर्थिक क्षेत्र बनाउने विषयमा कुनै बेला चर्चा चलेपनि अहिले भने सेलाएको छ । धमाधम औद्योगिक क्षेत्र निर्माण हुँदै गर्दा लगानीकर्ता तान्ने चुनौती सरोकारवाला निकायलाई आएको छ । औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि राज्यले ठूलो धनराशी खर्चिन गइरहेका बेला पूर्वाधार सम्पन्न भइसकेपछि त्यसमा के अपेक्षाकृत उद्योग भित्रिन्छन् त ? प्रश्न स्वभाविक छ ।

पश्चिमको आर्थिक राजधानी बाँकेमा लगानीकर्ता भित्रा्उन औद्योगिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने निजीक्षेत्रले अपेक्षा राखेको छ । तर लगानीकर्ता आर्कषित गर्ने चुनौती भने यथावत रहेको छ ।

२०३० सालमा स्थापना गरिएको नेपालगन्ज औद्योगिक क्षेत्रले आफ्नो अधीनमा रहेको जग्गा उद्योग सञ्चालनका लागि २०७१ सम्म २० वर्ष र २०७२ देखि ४० वर्षका लागि लिजमा दिँदै आएको छ । औद्योगिक क्षेत्रमा नाम चलेका लक्ष्मी प्लास्टिक, टण्डन प्लास्टिक, शिखर प्लाई, विनोद मेटल, विजय मेटल, नेपालगन्ज इन्जिनियरलगायत हाल ३३ उद्योग सञ्चालनमा छन् । तर वर्षौंदेखि औद्योगिक क्षेत्रको स्तरोन्नति नहुँदा सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीको भनाइ छ ।

प्रदेशस्तरकै ठूलो औद्योगिक क्षेत्रका रुपमा नौबस्तामा औद्योगिक क्षेत्रलाई हेरिएको छ । वातावरणीय प्रभाव मुल्याकनको काम सम्पन्न भइसकेपछि अब काम तिव्ररुपमा अगाडी बढ्ने अपेक्षा गरिएको छ । ३ सय ३८ विगाहमा औद्योगिक क्षेत्र निर्माण हुने छ । हाल नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रमा ३३ वटा ठूला साना उद्योग सञ्चालनमा छन् । २०३० सालमा २ सय ३३ रोपनीमा बनाइएको नेपालगन्ज स्थित औद्योगिक क्षेत्रमा झण्डै १ हजारलाई रोजगारी र ४ सय करोड बार्षिक उत्पादन हुने गरेको अनुमान छ ।

नौबस्तामा औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २ सय ८५ वटा आशय पत्र बुझाइसकेका छन् । यस्तै खजुरामा औद्योगिक ग्रामको काम तिव्ररुपमा भइरहेको छ । यसको डिपिआर तयार भइसकेको छ । निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा रु ९२ लाख प्राप्त गरेको छ । बाँकेमा औद्योगिक क्षेत्र बाहेक बिशेष आर्थिक क्षेत्र सेज समेत चर्चामा छ । तर कार्यान्वयन भने छैन ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले पूर्वाधार निर्माण सम्पन्न भइसकेपछि लगानीकर्ता आर्कषित गर्न कुनै समस्या नहुने बताउँछन् । बिभिन्न सेवा सूविधा दिएर लगानीकर्ता आर्कषित गर्ने वातावरण सिर्जना गरिने बताउँछन् । लगानीकर्ताले औद्योगिक क्षेत्र मात्र होइन त्यहाँसम्म कच्चा पदार्थ ल्याउन लैजाने वातावारणदेखि मजदुरहरुको उपलब्धता र अन्य पूर्वाधारलाई हेरेर लगानी गनैृछ । त्यति मात्र होइन औद्योगिक क्षेत्र बनिसकेपछि त्यहाँ कस्तो सूविधा प्राप्त हुने छ त्यो पनि महत्वपूर्ण हुने उद्योगीहरु बताउँछन् ।

लगानी आर्कषित गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले लगानी सम्मेलनको तयारी गरेको थियो । तर कोरोना महामारीका कारण त्यो योजनाले मुर्तरुपमा पाउन नसकेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । उनका अनुसार औद्योगिक क्षेत्रमा लगानी भित्रा्उन कुनै समस्या छैन । तर त्यसका लागि त्यहाँ उपलब्ध हुने सेवा सूविधादेखि अन्यक्षेत्रबाट लगानीकर्ता कसरी तान्ने भन्न् विषयमा बहस चलाउनुपर्ने उनी बताउँछन् ।

प्रकाशित मितिः     ६ श्रावण २०७७, मंगलवार १३:०८  |