किसानलाई मल उपलब्ध गराउन माग, एकता बिरोधी टिप्पणी नगर्न अपील


 

नेपालगन्ज ८ साउन : नेपाल कम्युनिष्ट पार्टी बाँकेको बैठक बिहिवार सम्पन्न भएको छ ।

अध्यक्ष आईपी खरेलको अध्यक्षता र केन्द्रीय सदस्य महेश्वर गहतराज अथक,मोहमद हारुन, प्रदेश कमिटि सदस्यको उपस्थितीमा बसेको कार्यालयको बैठकले बिभिन्न निर्णय गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख प्रमोद धितालका अनुसार, बैठकले पार्टी एकतालाई दृडतापूर्वक आत्मसाथ गर्दै एकअर्काबिरुद्ध सामाजिक सन्जाल होस् वा अन्य कुनै पनि ठाउँमा अनाश्वक टिकाटिप्पणी नगर्ने संकल्प गरिएको छ । साथै एकताका पक्षमा दृडतापूर्वक उभिन र अनावश्यक टिकाटिप्पणी नगर्न कार्यकर्तामा अपील गरिएको छ ।


बैठकले बिगतदेखि सरकारले दिदै आएको एकल महिला,निलो कार्ड प्राप्त फरक शारीरिक क्षमता भएका व्यक्तिहरुलाई भत्ता निरन्तररुपमा दिन जोडदार माग गरेको छ । त्यस्तै किसानहरुले मल नपाउँदा छटपटाइरहेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ ।

बिहिवार नै नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले हालै प्रकाशित लिपियाधुरा सहितको नक्सा पार्टी कार्यालयलाई हस्तान्तरण गरे ।

प्रकाशित मितिः     5:28:38 PM  |