भेरी अस्पतालका कर्मचारी स्रोत नखुलेको रकम सहित अख्तियारको नियन्त्रणमा


नेपालगन्ज ७ साउन :  भेरी अस्पताल नेपालगन्जका एकजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रु १६ लाख १३ हजार रकम सहित नियन्त्रणमा लिएको छ ।

स्टोरका कर्मचारी अरुण खनाललाई बिहिवार अस्पतालबाटै नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । उक्त रकम अस्पतालकै कुनै काम वापतको कमिशन भएको आशंका गरिएको छ । यस विषयमा अख्तियारले थप छानविन गरिरहेको छ ।

प्रकाशित मितिः     ८ श्रावण २०७७, बिहीबार १७:४७  |