बाँकेको सबैभन्दा महङ्गो जग्गा, जसको न्यूनतम मुल्य नै प्रति कठ्ठा ६६ लाख ७७ हजार छ


नेपालगन्ज ९ साउन :  बाँकेमा सबैभन्दा महङ्गो जग्गा कुन होला ? बाँके जिल्लाको उप–महानगरपालिका, नगरपालिका र गाउ“पालिकाहरुको आ.व. २०७७र०७८ को लागि जग्गाको लिखत रजिष्ट्रेशन पारित गर्दा थैली अंक कायम गर्ने प्रयोजनको लागि जग्गाको न्यूनतम मूल्यांकन गरिएको छ ।

त्यस अनुसार नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेतरोड आसपास क्षेत्रको जग्गाको मुल्य धेरै छ । जसको सरकारी अर्थात न्यूनतम मुल्य नै प्रति कठ्ठा रु ६६ लाख ७७ हजार रहेको छ । तर यो न्यूनतम मुल्य भउ पनि चलनचल्तीमा भने न्यूनतम मुल्य भने कयौं गुणा बढि रहेको छ ।

बाँकेको कुन ठाउँको जग्गाको न्यूनतम मुल्य कति ? हेर्नुहोस् बिस्तृत


प्रदेश नं. ५ घरजग्गा न्यूनतम मुल्य निर्धारण समिति (गठन तथा कार्य सन्चालन) आदेश, २०७६को दफा ३ बमोजिम गठित न्यूनतम मूल्याङ्कन समितिको असार २३ गते प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ अध्यक्षतामा बसेको बैठकबाट न्यूनतम मूल्य निर्धारण गरिएको भूमिसुधार तथा मालपोत कार्यालय, बांके प्रमुख प्रेम दौल्यायलले जानकारी दिए ।

प्रकाशित मितिः     8:01:04 AM  |