बाँकेमा सिकर्मी र डकर्मीको दैनिक ज्याला ७ सय ५०, चारवर्षमा डेढ सय बढ्यो


नेपालगन्ज ९ साउन :  बाँकेमा चारवर्षको अवधिमा दैनिक ज्याला रु डेढ सयले बृद्धि भएको छ । बाँकेमा बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुको दैनिक ज्याला दररेट तोकिएको छ ।

जिल्ला दररेट निर्धारण समितिको अषाढ ३१ गते बसेको बैठकले कामदार सहित अन्य बिभिन्न क्षेत्रको दररेट निर्धारण गरेको हो । पछिल्लो चारवर्षको अवधिमा बिभिन्न क्षेत्रमा काम गर्ने मजदुरको ज्याला डेढ सय बृद्धि भएको हो ।

सिकर्मी र डकर्मीको दैनिक ज्याला रु ७ सय ५० पुगेको छ ।


बाँकेमा कामदारको दैनिक ज्यालादेखि ढुवानी शुल्कसम्म तोकियो ( बिस्तृत दररेट सहित)

प्रकाशित मितिः     ९ श्रावण २०७७, शुक्रबार ०८:२६  |
error: Content is protected !!