नेपालगन्ज २७ असार : भेरी अस्पताल व्यवस्थापन समितिले पार्किङ्ग हटाउने निर्णय कार्यान्वयन गरेको छ ।
बिरामी एवं अन्य सेवाग्राहीका साईकलदेखि ठूला गाडीसम्मबाट पार्किङ्ग शुल्क लिने गरिन्थ्यो । त्यसले सेवाग्राहीलाई मर्का पारेको भन्दै आलोचना भएपछि अस्पताल विकास समितिले पार्किङ्ग शुल्क हटाएको हो ।
साउन महिनादेखि शुल्क हटाउँदा सेवाग्राहीले राहत महसुस गरेको अध्यक्ष धितालले बताए ।
अहिले सेवाग्राहीलाई पार्किङ्ग शुल्क दिनुपर्ने समस्याबाट मुक्ती पाएका छन् । भेरी अस्पतालले पार्किङ्ग शुल्क हटाएपनि अन्य निजी अस्पतालले भने शुल्क लिने गरेका छन् ।