बाँके ११ साउन : बाँकेका भिडभाडयुक्त सरकारी कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना देखिएसंगै सन्त्रास फैलिएको छ ।
यि दुई कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड हुने गरेको थियो भने कुनै पनि सावधानी अपनाइएको थिए । आन्तरिक राजश्व कार्यालयका अधिकृत तहका र यातायातका कम्प्युटर अपरेटरलाई कोरोना देखिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सरकारी कार्यालय मात्र नभई समुदायस्तरमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमित देखिएपछि कोरोना समुदायमा फैलिएको आशंका गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँके र बर्दिया कोरोनाको उच्च जोखिममा
रहेको बताए ।
लकडाउन अन्त्यको घोषणा भएसंगै निस्फिक्री भएर आफ्ना गतिविधि गर्ने क्रम अत्याधिक मात्रामा बढेको छ । भिडभाड गर्ने र जोखिम बढाउन कसैलाई रोकटोक छैन । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले सरकारले तोकेको मापदण्ड
कार्यान्वयनमा कुनै कसर बाँकी नराखेको बताए ।
बैदेशिक रोजगारीका क्रममा भारतका विभिन्न सहर गएका नेपाली नगारिक घर फर्किने क्रमसगै यहाँका गाउँपालिकाले क्वारेन्टिनमा राख्न छोडेपछि र यही समयमा सरकारले लकडाउन फिर्ता गर्दा बाँके बर्दियाका सबै पालिका अत्याधिक
जोखिममा रहेको देखिएको छ ।
नेपाल–भारत सीमा नजिक रहेका यी दुई जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएपछि यहाँका आम नागरिक त्रसित बनिरहेकाछन् । समुदाय स्तरमा कोरोना फैलिन नदिन यहाँका पालिकाहरु नै उदासिन देखिएकाछन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बन्दाबन्दी पछि बाँकेमा समुदायमै पोजेटिभ केस बढिरहेको बताएका छन् । उनले बाँकेसगैं बर्दियाबासी यतिबेला अहिलेसम्मकै उच्च जोखिममा बताए ।
बाँकेका प्रजिअ कुरुम्वाङ कोरोना भाइरस संक्रमण समुदायमा फैलिएकाले यसबाट बच्न र बचाउन सबैलाई सचेत रहन आग्रह गर्दछन् ।
सरकारले लकडाउन फिर्ता लिएसगैं बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बर्दियाको गुलरिया, बाँसगढी, भुरी गाउँ र राजापुर लगायतका सहरबजारमा नागरिकको भीडभाड बढेकोछ ।
सवारी साधन निर्धक्क चलेकाछन् । नागरिक सामाजिक दूरी कायमविनै खरिदविक्रीको कारोबार गरिरहेकाछन् । बैंक तथा वित्तिय
संस्थामा आम नागरिकको भीडभाड छ ।
यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।