नेपालगन्ज १५ साउन : नेपालगञ्जमा आज बिहान १०: ३० बजेसम्म एकैपटक २७ जना कोरोना संक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतवारदेखि बाँके जिल्लामा निषेधाज्ञा (लकडाउन)को घोषणा गरेको छ ।

जिल्लास्तरिय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको आपतकालिन बैठक बसी आइतवारदेखि ३ दिनसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ ।