प्रदेश सरकारसंग निजी अस्पतालका चार बुँदे माग


नेपालगन्ज १५ साउन :  प्रदेश नं. ५ को सामाजिक विकास मन्त्री सुदर्शन बराल समक्ष प्रदेश ५ का निजी अस्पतालको समेत माग सुनुवाई हुने गरी एशोसियशन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल अफिन ले चार बुँदे माग अघि सारेको छ । अध्यक्ष डा. बिनोद खेतान सहितको टोलीले बिहिवार मन्त्री बराललाई उक्त माग अघि सारेको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा अफिन बाँके उपाध्यक्ष चन्द्र बिएम,सचिव डा दिनेश चौधरी ,सदस्य गोकर्ण आचार्य , र ब्यबस्थापकबाट डा राहुल थापा र रमेश सिटौलाको सहभागिता थियो । उक्त अवसरमा बाँकेका प्रदेशसभा सांसद आईपी खरेल, बाबुराम गौतमको सहभागिता समेत रहेको थियो ।


  • मागहरु
    ,

देशमा गुणस्तरीय स्वास्थ्य सेवाको सुरुवात गरी त्यसको बलियो जग बसालि रहेको निजी क्षेत्रकै लगानी,मेहनतका कारण आज कतिपय जटिल र ठुला रोगहरुको उपचार हाम्रो देशमानै गर्न सफलता मिलिरहेको कुरा स्मरण गराउन चाहन्छौ । निजि क्षेत्रबाट देशभर सञ्चालनमा रहेका अस्पतालहरुमा सर्वसाधारण नागरिकको पहुच स्थापनाको साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरि पेशागत सुरक्षा र अस्पतालहरु बिचको सम्बन्धलाई एक अर्को बिच सहयोगि र बलियो बनाई स्वास्थ्य क्षेत्रमा आमुल परिर्वन साथ देश र नागरिकको सेवाको लागि अस्पतालहरुको साझा मञ्च एशोसियशन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन ) को स्थापना भई सँघ,प्रदेश,र जिल्लाहरुमा संगठित रहेको कुरा जानकारी गराउदछौ ।
आमुल परिर्वतका साथ स्थापना भएको गणतन्त्रमा हाल विद्यमान देशको तिनै तह (स्थानिय,प्रदेश र संघ ) बाट ब्याक्तिगत रुपमा धेरै दुःख गरि आर्जेको सम्पति लगानी गरि खोलिएका अस्पताल बाट जोखिमलाई सामना गरि मानवको सबै भन्दा संबेदनशिल कुरा स्वास्थ्य सेवामा सर्मपित निजी क्षेत्रको बिकास, बिस्तार र गुणस्तर बृद्धिको लागि प्राथकिमताका साथ सहयोग र सहकार्य मिल्नेछ भन्ने बिश्वामा छौ । देशकै गुणस्तरिय स्वास्थ्य सेवा ५ नम्बर प्रदेशबाट प्रवाह गर्नको लागि प्रदेश सरकार सँग हातेमालो गरि सहकार्य गर्न अफिनका हामी सदैव तयार रहेका छौ।
हाल तिन तहको संरचनाले बिगतमा केन्द्रले बनाएको कानुनलाई टेकेर आ–आफ्नै किसिमको नियम कानून बनाई लागु गर्न पाउने अधिकार सगै प्रदेश नम्बर ५ बाट निमार्ण गरिएको ऐन र नियमावलीले तत्कालिन अवस्थाको ऐन, नियमको परिधिमा सम्पूर्ण प्रक्रिया पुरा गरि स्थापना भई स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वाथ्स्य संस्थाहरुको नविकरणमा अन्यौलता पैदा भएकोछ । निमार्ण गरिएको ऐन र नियमावलीमा तपशिलका तत्कालै संशोधन गर्न आवश्यक देखिएको कुरा माननीय मन्त्रीज्यू समक्ष ध्यनाकर्षण गराउदछौ ।
तपशिल :
१. स्वास्थ्य संस्थालाई पुन : अनुमती सम्बन्धमा : तत्कालिन अवस्थाको ऐन, नियमको परिधिमा सम्पूर्ण प्रक्रिया पुरा गरि अस्पताल सञ्चालन प्रयोजनका लागि आफ्नै भवन निमार्ण गरि स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वाथ्स्य संस्थाहरुको पुन ः अनुमती नभई नविकरण हुनु पर्दछ । प्रदेश सरकारको ऐन,नियमावली अनुसार अस्पतालहरुलाई मापदण्ड पुरा गर्न लाई एक वर्षको समयावधी र सेवा सञ्चालनमा रहेको भवनको अवस्थालाई गहन विश्लेशण सहित समय अनुसार क्रमश प्रवलिकरणको निर्देशन र निरिक्षण गर्दै,पूर्णरुपको पुर्वाधार निर्माणको लागि कम्तिमा १५ वर्षको समय दिनु पर्दछ ।
२. ऐन कानुन सम्बन्धमा :  प्रदेशबाट ऐन,कानून,नियमावली निर्माण गर्दा प्रदेशको भौगोलिक र,जनताको आर्थिक अवस्था,स्रोत र साधनको उपलब्धता लाई प्राथमिकता दिई क्षेत्र र स्थानिय ठाऊ अनुसारको ब्यबहारिक ऐन,कानुन र नियमावली बनाई लागु गर्नु पदर्छ । उक्त ऐन,कानुन,नियम,नियमावली बनाउदा सम्बन्धित क्षेत्रको अनिवार्य प्रतिनिधित्व हुनु पर्दछ ।
३. नविकरण सम्बन्धि :
(क) नविकरणको म्याद सकिनु भन्दा ६ महिना अगावै नविकरणको लागि निवेदन पेश गर्नु पर्ने कुरा अब्यबहारिक रहेको छ । विद्यमान अभ्यास अनुसार नेपाल सरकारको सम्पूर्ण ईजाजतपत्र नविकरणको लागि म्याद सकिएको ३ महिना सम्म नविकरण गर्ने म्याद दिईने कुरा स्मरण गराउदछौ,तथापी नविकरण सकिएको दिन भित्रनै नविकरण गर्नु पर्ने कुरामा हामी विश्वास राख्दछौ ।
(ख) हाल प्रदेश सरकारले बनाएको ऐन,नियमावली अनुसार तत्कालिन अवस्थामा प्रचलित ऐन, नियमको परिधिमा सम्पूर्ण प्रक्रिया पुरा गरि स्वास्थ्य सेवा सञ्चालन अनुमती पाई नियमित नविकरण गरिरहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले नयाँ दर्ता प्रक्रियाको लागि सम्पूर्ण कागजातहरु बुझाउनु पर्ने र दर्ता को समयमा सम्बन्धित कार्यालयमा बुझाएका कागजातहरु अमान्य भएको जस्तो देखिन गएकोछ ।
हालको ऐन,नियमावली अनुसार अनुमती तथा नविकरण गर्ने निकायले प्रदेश भरिबाट तत्कालिन अवस्थामा अनुमति दिने कार्यालयहरु बाट नविकरणको सिफारिस सहितको सम्पूर्ण कागजात सहितको फाईल मगाई अनुगमन,निरिक्षण गरि नविकरणको ब्यबस्था हुनु पर्ने कुरामा हामि बिश्वास राख्दछौ ।
४. ऐन,बियमावली :
प्रचलित ऐन,कानूनको आधारमा आर्थिक,भौगोलिक,राजनितिक कुरालाई शुष्म, गहन अध्यायन गरि सम्बन्धित क्षेत्रको प्रतक्ष्य प्रतिनिधित्व गराई प्रदेशबाट बन्ने र बनेका ऐन,कानुन,नियमावली कार्यबिधि कायान्वयन गरि प्रदेश सरकार सँग सहकार्य गर्दै,५नम्बर प्रदेशलाई स्वास्थ्य क्षेत्रको हवको रुपमा बिकाश र बिस्तार गर्न सधैव हाम्रो कोशिस अनवरत रुपमा रहनेछ ।

प्रदेश संरचना कार्यान्वयको पहिलो प्रदेश सरका मन्त्रिपरिषदमा सामाजिक बिकाश मन्त्रि माननीय सुर्दशन बरालज्यूको नेतृन्वमा स्वास्थ्य सम्बन्धि बन्ने र बनेका ऐन,नियम,नियमावली,कार्यबिधिहरु देशका अरु प्रदेश सरकारको लागि उदाहरणिय र अनुकरणिय बनोस् भन्ने हाम्रो चाहना रहेकोछ । यहाँको दुरदर्शिता कुशल नेतृत्व र अनुभव सहितको सकारात्मक सक्रियताले हाल रहेको अन्योललाई समाप्त पारि प्रदेश सरकार र निजी क्षेत्रका स्वास्थ्य सस्थाको सहकार्यमा देशकै गुणस्तरिय स्वास्थ्य सेवा नागरिकहरुलाई प्रवाह गर्न सफल हुने कुरामा विश्वस्थ
छौ ।
डा. बिनोद कुमार खेतान
अध्यक्ष
एशोसियशन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन )
बाँके शाखा

प्रकाशित मितिः     10:51:42 AM  |