नेपालगन्ज १६ साउन : आन्तरिक राजश्व कार्यालय नेपालगन्ज आइसोलेसन सेन्टरमा परिणत भएको छ ।
त्यहाँ कार्यरत कर्मचारी र उनीहरुका आफन्तलाई संक्रमण भएपछि सोही ठाउँलाई आइसोलेसन बनाइएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनका अनुसार उक्त आइसोलेसनलाई निजामती कर्मचारीको आइसोलेसन सेन्टरका रुपमा परिणत गरिएको छ ।

बाँकेका बिभिन्न सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
धेरै देखिएको आन्तरिक राजश्व कार्यालयको कार्यक्षेत्र बाँके र बर्दिया रहेको छ ।