इन्जिनियरको कृषि यात्रा


नेपालगन्ज १६ साउन :  पेशाले इन्जिनियर राप्तीसोनारी-५ का प्रेम डाँगीले कृषि फार्म सन्चालन गरेका छन् । बिभिन्न पेशा व्यवसायमा रहेकाहरुले कृषि पेशामा जोडिने क्रम बढेका बेला डाँगी पनि त्यो सूचीमा थपिएका हुन ।

डाँगीले मुनाल एग्रो फर्म नामक फर्म सञ्चालन गरेर डेढ बिगाह क्षेत्रफलमा व्यवसायीक रुपमा माछापालन सुरु गरेका छन् ।

पहिलो चरणमा बिभिन्न जातका ४० हजार भुरा हालेको जानकारी उनले दिए । ५ बिगाह क्षेत्रफलमा पोखरी बनाएर माछापालन गर्ने लक्ष्य डाँगी बताउँछन् ।

बाँके माछापालनका लागि उपयुक्त छ । माछाको उत्पादनमा आत्मनिर्भर नहुँदा भारतबाट मगाउनुपर्ने बाध्यता छ । त्यसैलाई मध्यनजर गर्दै उनले इन्जिनियरीङ पेशाका साथै कृषि क्षेत्रमा हात हालेका हुन । कृषि क्षेत्रलाई अव आकर्षण व्यवसायको रुपमा लिने अवस्था सृजना हुँदै गएको बताए ।

डाँगीको माछापालन फर्मको बिहिवार बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतरज अथक, राप्ती सोनारी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत लगायतले अवलोकन गरेका छन ।

अथकले शिक्षित युवाहरु कृषि क्षेत्रमा आकृषित हुनु उत्साहजनक भएको बताए । देशमा आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि कृर्षि क्षेत्रको बिकास अवश्यक रहेको बताए । सासद अथकले उत्साहित कृषि व्यवसायीलाई राज्यले पनि उत्पे्ररणा दिनुपर्ने धरणा राखे ।

प्रकाशित मितिः     १६ श्रावण २०७७, शुक्रबार १५:५५  |