नेपालगन्ज १८ साउन : राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज शाखाले प्रिमियम कलेक्सनमा फड्को मारेको छ ।
अन्य बिमा प्रदायक कम्पनीसंगको प्रतिस्पर्धाका बीचमा आर्थिक वर्ष २०७६र७७ मा तोकिएको लक्ष्य भन्दा धेरै प्रिमियम कलेक्सन गर्न सफल भएको शाखा प्रबन्धक नविन शर्मा पौडेलले बताए । पौडेलका अनुसार, गत आर्थिक वर्षमा बिगतको भन्दा १५ प्रतिशत भन्दा बढि लक्ष्य तोकिएकोमा ४०.३८ प्रतिशत लक्ष्य हासिल भएको छ ।
‘कर्मचारीको मेहेनत र सर्बसाधारणको बिश्वासले यो सफलता मिलेको हो ।’– पौडेलले भने । सरकारी स्वामित्वको विमा संस्थानप्रति रुची जगाउन पौडेल नेतृत्वको कर्मचारी टिमले महत्वपूर्ण भूमिका खेलेको थियो । यसअघि एकातिर कर्मचारी अभाव र अर्कोतर्फ कुनै आक्रमण बजार नीति समेत नअपनाउँदा प्रिमियम कलेक्सन राम्रो भएको थिएन ।
तर बिगत एक वर्षयता कर्मचारीको संख्यामा बृद्धि,तालिम, साधान स्रोत थप्ने जस्ता कार्यगरी आक्रमक बजार नीति अपनाएपछि सफलता हात परेको पौडेलले बताए । उनले भने,–‘हामीप्रति जनताको पूर्णबिश्वास छ । यसलाई बटुल्न हामी उहाँहरुको घरदैलोमा पुगिरहेका छौं ।’ बिमा नबुझेकालाई बुझाउने र नगरेकालाई गराउने अभियानका साथ आफुहरु सक्रियतापूर्वक लागेको पौडेल बताउँछन् । उनी भन्छन्–‘प्रतिस्पर्धामा खरो भएर उत्रिनुका साथै बिमाको पहुँच नपुगेका नागरिकसम्म पुग्ने हाम्रो लक्ष्य छ ।’

एक सरकारी स्वामित्वको सार्वजनिक सीमित कम्पनी हो । यो साविकको राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा विभाग थियो । यो कम्पनि वि,सं २०७१ बैशाख २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान कम्पनिमा परिणत हुन सक्नेू प्रावधान अन्तर्गत निर्जीवन बीमा व्यवसायलाई राष्ट्रिय बीमा संस्थानबाट अलग गरि छुटै संचालन गर्ने गरि स्थापना भएको र कम्पनि रजिस्टारको कार्यालयमा मिति २०७१/०२र२८ गते दर्ता भएको थियो ।
यो बिमा कम्पनीले अग्नि बीमा, सवारी साधन बीमा, हवाई बीमा, सामुद्रिक बीमा, ईन्जिनियरिङ् बीमा, स्वास्थ्य बीमा, विविध बीमा, बिदेश यात्रा बीमा व्यावसायिक क्षतिपूर्ति बीमा जस्ता सेवा दिदै आएको छ ।
त्यस्तै कोरोना बिमा,घर तथा सम्पत्ति विमा,पशुपंछि बिमा समेत गर्दै आएको छ । आईतवार सातौ वार्षिकत्सव मनाएको छ। इस अवसरमा सबै कर्मचारी,अभिकर्ता, सर्वेयर र सेवाग्राहीलाई पौडेलले धन्यवाद दिएका छन् ।