नेपालगन्ज १९ साउन : संस्थागत विद्यालयतर्फको कक्षा १ को पाठ्यपुस्तकबाट प्राप्त हुने सुविधा (कमिशन) कटौती गरेको भन्दै पुस्तक तथा स्टेशनरी व्यवसायी संघ प्रदेश नं. ५ ले आपत्ती जनाएको छ ।
अध्यक्ष बसन्त लामिछाने र सचिव दोर्ण प्रसाद भुषालले प्रेस बिज्ञप्ती जारी गरी सुविधा कटौती गरेका प्रकाशन गृहलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।

बिलमा नै खर्च देखाई प्रकाशन गृहले सूविधा कटौती गरेको संघको भनाई छ । अधिकांस प्रकाशन गृहले सूविधा यथावत राखेकोमा धन्यवाद दिदै संघले सूविधा कटौतीलाई बिल सच्याउन भनिएको छ ।