वडा अध्यक्ष सहित ८ जना कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरको कार्यालय सिल


नेपालगन्ज १९ साउन : नेपालगन्ज उपमहानगरपालिकाका एक वडा अध्यक्ष सहित आठ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ । संक्रमित हुनेमा एकवडा अध्यक्ष, दुई वडा सचिव, चार जना अधिकृत, कम्प्युटर अपरेटर रहेका छन् ।


 

प्रकाशित मितिः     3:48:22 PM  |