बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराई सहित दुई जना कर्मचारी अख्तियारको नियन्त्रणमा


बुटवल,१९ साउन । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया स्रोत नखुलेको रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अबस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनिहरूलाई स्रोत नखुलेको नगद रकम ३ लाख ४८ हजार र विभिन्न मितिमा बैंकमा रकम जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचर सहित रूपन्देहीको सैनामैनाबाट नियन्त्रणमा लिएको हो ।

उनिहरूलाई स्रोत नखुलेको रकम सहित रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १० बाट नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मितिः     १९ श्रावण २०७७, सोमबार १७:४०  |