बाँकेमा आज निषेधाज्ञा सकिदै, आगामी रणनीतिका विषयमा दिउँसोसम्म निर्णय हुने


बाँके २० साउन :  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि लागु गरेको निषेधाज्ञा आज मंगलवार सकिदै छ ।

बुधवारदेखि के गर्ने भन्ने विषयमा निर्णय लिन जिल्ला कोभिड- १९ संकट व्यवस्थापन समितिको बैठक बस्दै छ ।

उक्त बैठकले निषेधाज्ञालाई निरन्तरता दिने वा संक्रमण बढि देखिएको क्षेत्रलाई सिल गरेर अन्य क्षेत्र खुल्ला राख्ने भन्ने विषयमा निर्णय लिने सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

उनले भने-निषेधाज्ञाका विषयमा के गर्ने र कुन मोडिलिटीमा जाने भन्ने विषयमा निर्णय हुन्छ । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आईतवारदेखि तीनदिनसम्म निषेधाज्ञा लागु गरिएको थियो ।

प्रकाशित मितिः     २० श्रावण २०७७, मंगलवार १०:२७  |