सुनको मूल्य प्रतितोला ९९८००


काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलवार प्रतितोला रू.९९ हजार ८०० पुगेको छ ।

सोमवार सुनको मूल्य स्थिर रहेता पनि आइतवारको तुलनामा मंगलवार रू.३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू।९९ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतएको छ ।

यसैगरी महासंघले मंगलवारका लागि तेजाबी सुनको मूल्य भने रू.९९ हजार ३६५ तोकेको छ । चाँदीको भने मंगलवार प्रतितोला रू।१ हजार २३० मा कारोबार भइरहेको छ ।


अन्तरराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढीरहेको व्यवसायीहरुले बताएका छन् ।

अन्तरराष्ट्रियस्तरमा नै लगानीका लागि सुरक्षित क्षेत्रको रुपमा सुनलाई मानिएको कारण पनि सुनको मूल्य बढेको उनीहरुको भनाइ छ।

प्रकाशित मितिः     1:18:56 PM  |