घुस लिने राजश्व अनुसन्धानका प्रमुख र दिने गुट्खा उद्योगी पक्राउ


बुटवल २० साउन :  राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् ।

रुपन्देहीका गुटखा उद्योगी तथा चिनी ब्यवसायी अनिल कुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

बेलवास स्थित राजश्व अनुसन्धान कार्यालयमा गुटखा ब्यापारीसँग मासिक घुस रकम बापत २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलिले पक्राउ गरेको अख्तियार बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भूषालले बताए ।

मासिकरुपमा सुर्ति,तथा गुट्खा ब्यापारीसँग रकम बुझ्दै आएका रानाले आज सेवाग्राही ब्यापारीलाई रकम बुझाउन कार्यालयमा बोलाएको र बिशेष सुचनाका आधारमा अख्तिायारको टोलिले घुस रकम लिने दिने गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मितिः     २० श्रावण २०७७, मंगलवार १४:४०  |