बाँकेमा शनिवारसम्म निषेधाज्ञा थपियो


नेपालगन्ज २० साउन : बाँकेमा आगामी शनिवार रातीसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ ।

समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएपछि मंगलवार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकमा आइतबार देखि जारी निषेधाज्ञा आगामी शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्था समेत बन्द रहने छन् । अन्य यि क्षेत्र बन्द रहने छन् ।


प्रकाशित मितिः     2:26:09 PM  |