बाइक किन्दै हुनुहुन्छ ? अप्रिलियाको डर्ट बाइकमा १ लाख ७५ हजारसम्म छुट


काठमाडौं । लकडाउनपछि पनि सुस्ताएको अटो व्यवसायलाई उकास्न हरेक कम्पनीले विभिन्न योजना ल्याउने क्रम जारी छ । यतिबेला नेपालमा चलेका कम्पनीहरुले अफर मार्फत गाडी र बाइक बिक्री गर्दै आएका छन् ।

विभिन्न अफरसहितका योजनाले ग्राहकलाई लोभ्याउँदै बिशेषगरी बजाज, टिभिएस, यामाहा, सुजुकी मोटर कम्पनीका नेपालका अधिकृत बिक्रेताहरुले धमाधम बाइक बिक्री गरिरहेका छन् ।

यस बीचमा अप्रिलियाले आफ्नो डर्टबाइक बिक्रीमा १ लाख ७५ हजार रुपैयाँसम्म छुटको अफर ल्याएको छ । कम्पनीले दुई मोडल एक्सआर १२५ मोडलमा १ लाख ५० हजार नगद छुट र २२ हजारसम्मको हेल्मेट दिने अफर गरेको छ ।


कम्पनीले बिक्री गर्ने अर्को मोडल एसआर १२५ हो । यसमा कम्पनीले ४५ हजार नगद छुट र २२ हजारसम्मको एशोसरिज निःशुल्क उपलब्ध गराएको कम्पनीले जनाएको छ । साथै कम्पनीले दुबै मोडलमा ५ हजार ४०० रुपैयाँको अग्रिम वार्षिक करसमेत तिरिदिने जनाएको छ ।

कम्पनीका अनुसार, यी अफर लाजिम्पाट शोरुमबाट मात्र उपलब्ध गराउने बताएको छ । कम्पनीले बिक्री गर्दै आएको एसआर र एसएक्स दुबै १२५ सीसी सिंगल सिलिन्डर फोर स्टोक इन्जिन भएका बाइक हुन् । यी दुबै मोडलको मूल्य समान ७ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मितिः     2:20:43 PM  |