गरीब, विपन्न वा अविकसित मुलुक भन्ने वित्तीकै अफ्रिकी वा दक्षिण एशियाली मुलुकहरु दिमागमा आउँछन् । प्रतिव्यक्ति आयका आधारमा वा विकासात्मक गतिविधिका आधारमा यी मुलुकहरु अमेरिकी वा युरोपेली मुलुकभन्दा पछाडी छन् । हाल प्रतिव्यक्ति आयका आधारमा सबैभन्दा कमजोर मुलुक लाइबेरिया रहेको छ । लाइबेरियाको प्रतिव्यक्ति आय ७१० अमेरिकी डलर मात्रै छ । त्यस्तै, सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रतिव्यक्ति आय ७३० अमेरिकी डलर छ भने बुरुण्डीको प्रतिव्यक्ति आय ७७० अमेरिकी डलर छ । यस्तो आय कंगोमा ८७० अमेरिकी डलर र नाइजरमा ९९० अमेरिकी डलर छ ।
विश्वकै सबैभन्दा गरीब यी देशहरुमा कर्मचारीहरुको तलब कति होला ?
लाइबेरिया
एक अध्ययनका अनुसार लाइबेरियामा सबैभन्दा बढी तलब खानेले मासिक साढे छ लाखभन्दा बढीलाई बेरियन डलर खान्छन् भने सबैभन्दा कम तलब खानेले २० हजारको हाराहारीमा खान्छ । ०.६१ नेपाली रुपैयाँ बराबर एक लाइबेरियन डलर हुन्छ ।
द सेन्ट्रल अफ्रिकन रिपब्लिक
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कर्मचारीहरुको तलब मासिक झन्डै ६० हजार एक्स एएफ देखि १९ लाखभन्दा बढी रहेको छ । एक्स एएफद सेन्ट्रल अफ्रिकन रिपब्लिकको मुद्रा हो । ०.१९ नेपाली रुपैयाँ बराबर एक एक्सएएफ हुन्छ ।
बुरुण्डी
अर्को विपन्न मुलुक बुरुण्डीमा कर्मचारीहरुको तलब मासिक न्युनतम एक लाख ६१ हजार बीआईएफ छ भने अधिकतम ५२ लाख ७९ हजार बीआईएफ रहेको छ । ०।०६१ नेपाली रुपैयाँ बराबर एक बुरुण्डीयन फ्रांक बीआईएफ हुन्छ ।
द डेमोक्रेटिक रिपब्लिक अफ कंगो
कंगोमा मासिक तलब न्युनतम दुई लाख ८२ हजार सीडीएफ देखि अधिकतम ९२ लाख ५७ हजार सीडीएफसम्म रहेको छ । एक कंगोलिज फ्रांक ९सीडीएफ० बराबर ०.०६८ नेपाली रुपैयाँहुन्छ ।
नाइजर
नाइजरका कर्मचारीले मासिक न्युनतम ७४ हजार एक्सओएफ देखि अधिकतम २४ लाख ५३ हजार एक्सओएफसम्म तलब खान्छन् । ०.१९ नेपाली रुपैयाँ बराबर एक एक्सओएफ हुन्छ ।