पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले दाङको विजौरीमा लगाएका ड्रागन फल यतिबेला बोट लटरम्म फलेका छन् । राजनीति छाडेर कृषि व्यवसायमा लागको विष्टको उक्त फर्म उदाहरणीय छ । दुई पटक मन्त्री भइसकेका भएका विष्ट मगर पछिल्लो समय व्यावसायिक कृषि पेसामा छन्। केही वर्षअघि कालो धानको खेती गरेका उनी करिब एक वर्षदेखि दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा ६६ कठ्ठामा जमिन ड्रागन फलको खेती गरेका हुन्।
करिब १५ वर्षको लामो अनुसन्धानबाट ड्रागन फलको खेती सुरु गरेको विष्टले बताए। यो फल मानव शरीरमा रोगसँग लड्न सक्ने तत्व पाइने भएकाले अहिले संसारका यसको महत्त्व बढ्दै गएको विष्ट बताउँछन्। ड्रागनको खेती भित्री मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ। एकपटक रोपिएको विरुवाले करिब २५ वर्षसम्म फल दिन्छ। विष्टको फर्ममा आगामी सिजनमा करिब ५० क्विन्टल फल्ने अनुमान छ। एउटा बोटले तीनदेखि पाँच किलोसम्म फल दिन्छ। नेपाली बजारमा प्रतिकिलो सात सयदेखि करिब दुई हजार रुपैयाँसम्म रहेको छ।