बाँकेमा बिहीवार थपिएका संक्रमितमा निर्धन बैंकका कर्मचारीदेखि चिकित्सकसम्म


नेपालगन्ज २२ साउन :  बाँकेमा बिहिवार थपिएका २८ संक्रमित मध्ये दुई जना निर्धन उत्थान बैंकका कर्मचारी समेत परेका छन् ।

भेरी अस्पतालका अनुसार,  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक महिला चिकित्सक, संचारकर्मी, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी, भेरी अस्पतालका कर्मचारी, जनप्रतिनिधि , जिल्ला समन्वय समितीका कर्मचारी, सरसफाइकर्मी, वडाका कर्मचारी लगायतमा कोरोना पुष्टि भएको छ ।


आज थपिएका नयाँ संक्रमितमध्ये केही क्वारेन्टाइनमा रहेका छन भने केही पुराना संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङमा परेकाहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः     6:55:11 PM  |