दाङमा वाणिज्यको अनुगमन, खरिद बिल पेश नगर्ने हार्डवेयर पसललाई २० हजार जरिवाना


नेपालगन्ज २२ साउन : बिहिवारबजार अनुगमनको क्रममा दाङको लमहि बजारस्थित औषधि पसल, सर्जिकल, इलेक्ट्रिकल, हार्डवेयर, किराना तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा खरिद बिल पेश नगर्ने कौशल हार्डवेयर पसललाई तत्काल रु २० हजार जरिवाना गरिएको छ ।


त्यसैगरी अनुगमनका क्रममा एउटा व्यवसाय दर्ता गरि अन्य कारोबार नगर्न, औषधि पसलबाट अन्य कारोवार नगर्न, अनुमति लिएर मात्र थोक कारोवार गर्न, पसल नविकरण गरि सात दिन भित्र पेश गर्न, एक्सपायरजोनको ब्यवस्था गर्न लगायतको निर्देशन दिईएको छ ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल सहित लमही नगरपालिकाका प्रतिनिधि, इलाका प्रशासन र प्रहरी कार्यालय लमहीका प्रतिनिधि, उपभोक्ता संरक्षण मन्चका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     8:31:50 PM  |