सूर्य नेपालले मंगलदीप त्रिसारा अगरबत्ती बजारमा ल्यायो


काठमाडौं। सूर्य नेपालले मंगलदीप त्रिसारा अगरबत्ती बजारमा ल्याएको छ। यो अगरबत्तीको हरेक काँटीमा मनमोहक सुगन्ध रहेको कम्पनीको दाबी छ। यो अगरबत्तीको मूल्य सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ।

यो अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछ। जिपलकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समय सम्म टिक्ने कम्पनीले जनायो।कम्पनीका अनुसार त्रिसारालाई सुपर सेभर प्याकको रुपमा प्रवर्द्धन गरिनेछ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अगरबत्ती बनाएर बिक्री गर्दै आएको छ। यो अगरबत्तीले अवैध आयातलाई रोकेर राजस्व वृद्धिमा सघाउन सहयोग पुर्याएको कम्पनीले जनाएको छ।

प्रकाशित मितिः     २२ श्रावण २०७७, बिहीबार २१:१४  |