एनसेलले सुरु गर्‍यो वायरफ्री प्लस वाइफाइ, के छन् सुविधा, कसरी लिने सेवा ?


एनसेलले वायरलेस वाइफाइ सेवा सुरु गरेको छ। एनसेल आजीयाटा लिमिटेडले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको दाबी गरेको छ ।

मंगलवारदेखि सुरु गरेको यो सेवा घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका उपयोगी हुने कम्पनीले जानकारी दिएको छ।

प्लानअनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटाको विषेशत रहेको छ।

मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेका बताइएको छ।

गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरेको थियो।

‘वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको अवसरमा एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो र यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन्’, उनले भने।

‘यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान गर्नेछ’, उनले थपे।

वार्षिक प्लानमा मासिक ६९० रुपैयाँको शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्छन्।

गोल्ड प्याकेज लिनका लागि वार्षिक प्लानमा मासिक मात्र ६९० रुपैयाँ ९कर बाहेक० शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा पाउने छन्।

प्लाटिनममा मासिक कर बाहेक ८६० रुपैयाँ तिर्नुपर्नेछ। यसमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा पाउने छन्।

महिनाको कर बाहेक ९५० रुपैयाँ पर्ने डाइमण्ड प्लानमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ फोरजी सिमकार्ड प्रत्येकमा मासिक १० जीबी डेटा पाइने छ।

यो सेवा लिनका लागि एनसेल सेन्टरमा सम्पर्क गर्न सकिने छ। अथवा एनसेलको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन्। त्यस्तै एनसेलको करसेन्टरको नम्बर ९००८ मा फोन गरेर पनि यसका बारेमा जानकारी लिन सकिने छ।

प्याकेजको समयसिमाअनुसार ग्राहकले एकपटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५०० रुपैयाँ, रु २ हजार ५०० वा रु ३ हजार ५०० रुपैयाँ तिर्नुपर्छ।

४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ।

प्याकेजमा पाउने सुविधाहरु ३० दिनभित्र खपत गर्नुपर्छ। ३० दिनपछि फेरि नयाँ प्याकेज आएपछि त्यसमा जोडिने छैन।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पुर्वको मोरङ, सुनसरी र धनकुटासहित देशका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध रहेको कम्पनीको दाबी छ।

कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन सुरु गरेको छ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत एनसेलले फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ।

प्रकाशित मितिः     २२ श्रावण २०७७, बिहीबार २१:२६  |