फुटबलर रोनाल्डोले किने करिव १ अर्ब २० करोड महंगो कार


चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । उनले संसारमै विलाशी मानिने बुगाटी ला भोइटर नोइर कार ८.५ मिलियन युरो अर्थात करिव १ अर्ब २० करोड रुपैयाँमा खरिद गरेका हुन् ।

सो कार विश्वभर १० युनिट मात्र उत्पादन हुने छन् । रोनाल्डो एक तस्बिर अहिले निकै नै चर्चित छ । उनले इन्स्टाग्राममा सो तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा उनी कारसहित बसेका छन् ।

सो कार विश्वमै १० वटा मात्र उत्पादन गरिएका छन् । उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्छ । साथै २ दशमलब ४ सेकेन्डमा ६० किलोमिटर पुग्छ ।


२०२१ सम्म यो कार रोनाल्डोको हात पर्ने बताइएको छ । साथै यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियन अर्थात ४ अर्ब २२ करोड रुपैयाँसम्म पर्नसक्ने बताइन्छ ।

बुगाटी र नाइक मिलेर यो भन्दा पहिले पनि रोनाल्डोका लागि स्पेसल एंकल बुट बनाउने समझदारी गरेका छन् । रोनाल्डको कलेक्सनमा पछिल्लो पटक यो महंगो कार थपिएको हो ।

यो भन्दा पहिले उनीसँग बुगाटी भेरोन ग्रान्ड स्पोर्ट भिटेस, फेरारी ५९९ जीटीओ, ल्याम्बोर्गिनी एभेन्टाडोर र म्याकलरेन एमपी४ १२सी छ । उनले विभिन्न समयमा आफ्ना कार सहितको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरिरहन्छन् ।

प्रकाशित मितिः     9:36:15 PM  |