भदौ १ देखि व्यावसायिक उडान र लामो दुरीको सडक यातायात के हुन्छ ?


नेपालगन्ज २३ साउन :  सरकारले भदौ १ देखि लामो दुरीको सडक यातायात र हवाई उडान खुला गर्ने निर्णय यसअघि गरेको थियो। तर पछिल्लो समय मुख्य सहरहरूमा कोरोना संक्रमण बढिरहेको छ।

कतिपय सहरमा लकडाउन लागू पनि गरिएको छ। यस्तोमा हवाइ र सडक यातायात खोल्ने निर्णय लागू हुन्छ भन्नेमा आशंका उत्पन्न भएको छ।

सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले पनि पछिल्लो समय उत्पन्न परिस्थितिले संकेत अघिल्लो निर्णयअनुसारको नदेखिएको बताएका छन्।

मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले आगामी सिसिएमसीको बैठकले समीक्षा गरेर मात्र निर्णय गर्ने जानकारी दिएका छन्।

सरकारले गर्ने निर्णय भनेको सरोकारवालाहरूको सुझावका आधारमा पनि हो। सार्वजनिक यातायात खुला नगरिहालौं। आन्तरिक हवाइ सेवा पनि नखोलौं भन्ने आवाज पनि आइरहेको छ। तर केही न्यूनतम आवश्यकताका कुरा गरेनौं भने आर्थिक रुपमा सास फेर्न सक्दैनौं भन्ने कुरा पनि आइरहेको छ। सिसिएमसीको बैठकबाट समीक्षा गरेर अघि बढ्छौं। अहिले बढेको जोखिमले उदार भएर उडान खोल्ने परिस्थिति बनिनसकेको जस्तो देखिन्छ,ु खतिवडाले भने।

प्रकाशित मितिः     २३ श्रावण २०७७, शुक्रबार ०७:४१  |