काठमाडौं। व्यवसायीको आग्रहपछि खरिद बिक्री खाता प्रमाणिकरणको म्याद थपिएको छ। आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि पुस मसान्तसम्म म्याद थप गरिएको हो।
खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै तोक्दा राजस्व कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको थियो।
खरिद बिक्री खाता प्रमाणिकरणको लागि पुस मसान्तसम्म म्याद थपिएको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए। उनका अनुसार व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरेपनि विभागले पुससम्म म्याद थप गरेको हो।
मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६९३० बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।