कोरोना बिरुद्धको अभियानमा ‘फिल्ड’मा खटिने प्रदेश सांसद नमुनालाई संक्रमण


नेपालगन्ज २४ साउन :  प्रदेश नं. ५ की सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण भएको छ । बाँकेमा कोरोना बिरुद्धको अभियानमा सांसद नमुनाले महत्वपूर्ण भूमिका खेलेकी थिइन । दैनिक जसो उनी शहरदेखि गाउँसम्म कोरोना बिरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय हुँदै आएकी थिइन ।

शनिवार सामाजिक सन्जालमा लेख्दै नमुनाले बिश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण बाट अछुतो नभएको बताइन । कोरोना रिर्पोट पोजिटिभ आएको भन्दै उनले एक हप्तायता मेरो कोलोज कनट्याक्ट रहेकालाई सेल्फ आइसोलेट गर्न र पिसिआर परीक्षण गर्न भनेकी छन् । सांसद नमुनाले बाँकेमा कोरोना संक्रमण हुनुपूर्व नै राहत कार्यक्रम शुरु गरेकी थिइन ।


उक्त कार्यक्रमबाट धेरै नागरिकले राहत महसुस गरेका थिए । क्वारेन्टाइन, आइसोलेशन निर्माणदेखि ल्याव जस्ता काम सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । उनको निर्वाचन क्षेत्र समेत रहेको नरैनापुरमा कोरोनाको हटस्पट बन्दा त्यसलाई न्यूनिकरण गर्नदेखि बिद्युतीकरणमा समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन ।

प्रकाशित मितिः     9:57:18 PM  |