बाँकेमा कोरोनाका कारण ७० वर्षिया महिलाको निधन


नेपालगन्ज २५ साउन : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत २३ गते अस्पतालमा भर्ना भएकी कोहलपुर नगरपालिका -२ की ७० वर्षिया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पतालमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको जानकारी दिए । ‘अस्पतालमा उपचार गराइराखेकी कोरोना संक्रमण महिलाको मृत्यु भएको छ’ उनले भने, ‘यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।’ बाँकेमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रकाशित मितिः     5:57:21 PM  |