भेरीबाट ‘रेफर’ कोरोना संक्रमित गर्भवतीले शिक्षण अस्पताल कोहलपुरमा बच्चा जन्माइन


नेपालगन्ज २५ साउन :  भेरी अस्पतालबाट ‘रेफर’ गरिएकी कोरोना संक्रमित गर्भवती महिलाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बच्चा जन्माएकी थिइन ।

शनिवार रुकुमबाट २८ वर्षिय गर्भवती महिलालाई भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

तर स्वाव परीक्षणका क्रममा उनलाई कोरोना पोजिटिभ भएपछि शिक्षण अस्पतालमा रेफर गरिएको थियो ।


उनको शिक्षण अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालिएको छ ।

पेटभित्रै बच्चाले दिशा गरेको र धड्कन कम भएका कारण आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि बच्चा अस्वस्थ्य रहेकाले अस्पतालमा उपचारका लागि राखिएको छ ।

बच्चाको तौल २.७ किलोग्राम रहेकोे शिक्षण अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कानोडियाले बताए ।

डा. कनोडियाले शल्यक्रिया एवं उपचारमा संलग्न चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मितिः     5:23:32 PM  |