बैजनाथमा पुन : क्वारेन्टाईन निर्माण


रवी रोकाया
नेपालगन्ज २६ साउन :  बैजनाथ गाउँपालिकामा पुन क्वारेन्टाईन सञ्चालनमा ल्याउने निर्णय भएको छ । भारत र तेस्रो मुलुक बाट आउने लाई राख्नका लागी क्वारेन्टाईन पुन :  सञ्चालनमा ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको हो ।
कार्यपालिकाको सोमवारको बैठकले यस्तो निर्णय गरेको हो । बैजनाथ गाउँपालिकाले क्वारेन्टाइन संचालन नगर्दा भारत बाट आएका लाई सिधै घर जाने गरेका थिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीका अनुसार वडा नं १,२,३र ४ को लागि वडा नं २ को जनता आर्दश मा.बि मा ४० शैयाको क्वारेन्टाईन र वडा नं ५,६,७र ८ लाई पाएक पर्ने गरि वडा नं ५ को प्रथमिक स्वाथ्य चौकीमा २० शैयाकोे क्वारेन्टाईन बनाउने निर्णय भएर्को जानकारी दिए ।


प्रकाशित मितिः     3:39:48 PM  |