बैकिङ्ग सेवाको यस्तो बिजोग : थामिनसक्नु भिड, सेवा लिने र दिने दुबैलाई सकस


बाहिर थामिनसक्नु भिड हुँदा कतिपय बैंकको भित्र क्यास काउन्टर भने एउटा मात्र पाइएको छ । त्यस्ता बैंकमा सेवाग्राही घण्टौंसम्म लाइनमा लाग्नुपरेको थियो ।-

नेपालगन्ज २९ साउन :  दशदिन पछि बाँकेमा बिहिवार खुलेका बैंक तथा वित्तीय संस्थाका सेवा अस्तव्यस्त देखियो ।

जिल्लाभर दैनिक जसो कोरोना संक्रमितको संख्या बढिरहे पनि सेवा दिने बैंक र सेवा लिने सेवाग्राहीले त्यसको कुनै प्रवाह गरेनन् ।

हरेक बैंकका अगाडी चुनावको झझल्को दिने गरी सर्वसाधारणको लामो लाइन देखिन्थ्यो । जसमा नत कुनै सामाजिक दुरी कायम गरिएको थियो भने नत कुनै सावधानी नै अपनाइएको थियो ।

 

सेवाग्राहीको अत्याधिक भिड थेग्न बैंकका कर्मचारीलाई हम्मेहम्मे परेको सहजै अनुमान गरिन्थ्यो । अधिकांस सेवाग्राही घण्टौ लाइन लाग्नुपर्यो । बैंकप्रति उनीहरुको गुनासो थियो,–‘अन्य बेला भन्दा बिषम परिस्थिती हो भन्ने जान्दाजान्दै सामान्य अवस्थामा जस्तै अझ कम काउन्टर राखेर सेवा दिइएको छ । कति बैंकको त एउटा मात्र काउन्टरबाट काम चलाएका छन् ।’ कतिपय बैंकको भित्र एउटा मात्र क्यास काउन्टर तर बाहिर धामिनसक्नु भिड प्रष्टै देखिथ्यो ।


ती सेवाग्राहीका अनुसार बिषम अवस्थामा बैंकले आफुलाई सम्हाल्न नसकेको प्रष्टै देखिन्थ्यो । ब्यालेन्स थाहा पाउनका लागि पनि लामो लाइन लाग्नुपर्ने अवस्थालाई हटाउने उपायसम्म बैंकका कर्मचारीले सुझाएको देखिएन ।

बाहिर धामिनसक्नु भिड हुँदा कतिपय बैंकको भित्र क्यास काउन्टर भने एउटा मात्र पाइएको छ । त्यस्ता बैंकमा सेवाग्राही घण्टौंसम्म लाइनमा लाग्नुपरेको थियो ।

कर्मचारी समेतलाई कोरोना संक्रमण देखिएपछि नेपाल राष्ट्र बैंकले स्थानीय प्रशासनको निर्णयका आधारमा सीमित कर्मचारी राखेर बैंक चलाउन निर्देशन दिइसकेको छ । बैंकका कर्मचारी स्वयं भयभित छन् ।

नेपालगन्जकै ग्लोबल आईएमईका २० कर्मचारीलाई कोरोना देखिएपछि बैंकका कर्मचारी त्रासमा रहेका हुन । ‘दशदिन पछि बुधवार बैंक खुलेकाले भिडभाड देखिएको हो । सेवा नदिई पनि सुःख छैन । सेवा दिदा यस्तो अवस्था आउँछ ।’– एक वाणिज्य बैंकका कर्मचारीले भने ।

प्रकाशित मितिः     2:31:26 PM  |