कोरोना समुदायमा फैलियो, अबको बिकल्प के हुन सक्छन् ?


  • तेज ओली ( हेल्थ असिस्टेन्ट)

यो देशमा सिस्टमनै छैनभन्नेको लिस्टमा देशका सवै युवाहरु छन् भने केहि वयस्कहरु पनि पर्दछन् ।

केहि भने सिस्टम नभएको होइन, सिस्टम छ, त्यसको व्यवस्थापन (म्यानेजमेन्ट) नभएको भनेर आफु हल्का सकारात्मक भएको देखाउछन् । त्यो सिस्टम होस् वा म्यानेजमेन्ट यस कोरोनाको बखत सबैले आफ्नो तर्फबाट कर्तव्य बोध गरेर अगाडी बढ्न जरुरी रहेको छ ।

मुख्य गरेर कमजोर रहेको र हाल सम्म प्राथमिकतामा नपरेको हाम्रो स्वास्थ्य प्रणालिमा विशेष ध्यान दिन जरुरी रहेको छ ।

सिमित रहेका स्वास्थ्यकर्मीले असिमित सेवा प्रदान गर्नु पर्ने छ । हाल कोरोना समुदाय स्तमै फैलिसकेको अवस्थामा तथा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भै रहेको अवस्थामा प्रशासनिक, सुरक्षाकर्मी र राजनितिकर्मीको व्यवहारले फिल्डमा खटिने स्वास्थ्यकर्मी अझ धेरै चपेटामा परेको गुनासो आई रहेको छ ।


आइसोलेसनमा खाना समयमा पुगेन स्वास्थ्यकर्मी, क्वारेन्टाइन र आइसोलेसनमा अनुसासन भएन स्वास्थ्यकर्मी, फोहर भयो स्वास्थ्यकर्मी, कोरोना पोजेटिभ भएका आइसोलेसनमा पुगेनन् स्वास्थ्यकर्मी, ट्वाइलेटमा पानी आएन स्वास्थ्यकर्मी, खाने पानी भएन स्वास्थ्यकर्मी, डाटा समयमा पुगेन स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा मान्छे वसेनन् स्वास्थ्यकर्मी, संक्रमीत भागे स्वास्थ्यकर्मी, संक्रमीतहरुलाई ब्रस, सावुन, माक्स पुगेन स्वास्थ्यकर्मी, संक्रमीत वसेको कोठा स्यानिटाइज भएन स्वास्थ्यकर्मी, कपडा धुनु पर्यो स्वास्थ्यकर्मी, संक्रमीतका आफन्तले ल्यायका सामान संक्रमीतलाई दिनु पर्यो स्वास्थ्यकर्मी, कन्ट्क्ट ट्रेसिङ्ग भएन स्वास्थ्कर्मी, ट्रेसिङ्ग भएका मान्छे आएनन् स्वास्थ्यकर्मी अब त बाटो बाटोमा हेल्थ डेक्स राख्यो स्वास्थ्यकर्मी ।

हजुर हामी स्वास्थ्यकर्मी सिमित छौ, अरु जस्तै मानव हौ र हामी कोरोना प्रुफ होइनौ । हाम्रो पनि परिवार छ र हामीले परिवारको सदस्यलाई पनि कोरोना सार्छौ कि प्रत्यक दिन डर लाग्छ । स्वास्थ्कर्मीलाई यो भन्दा भयावह अवस्था आउन सक्ने भएकाले पुर्ण सुरक्षाका साधनहरु नियमपुर्वक प्रयोग गर्न निर्देशन गर्नु पर्ने र प्रयोग भयो भएन भनेर उच्च कर्मचारीले अनुगमन गर्नु पर्ने हो ।

प्रोत्सहानका लागि स्थानीयतहले थप सेवा, सुविधा र भत्ताको व्यवस्था त गरेन, सरकारले तोकेका सुविधा र भत्ता समयमै दिनु पर्ने हो ।
कोराना हाम्रो देश, जिल्ला र समुदायमा आकस्मिक रुपमा आएको होइन । यसलाई बैज्ञानिक ढङ्ग बाट देश र आ–आफ्नै स्थानियतह अनुरुप योजना बनाई, तयारी साथ प्रतिरक्षा गर्न नसकेका कारण यो अवस्था आएको छ । समुदायमा कोरोना सरिसके पनि यस संग लड्न अझ धेरै प्रभावकारी काम गर्न सकिने अवस्था रहेको छ ।
– पि.सि.आरको दायरा बढाउने तर कन्ट्रयाक ट्रेसिङ्ग बाट आएका वा विरामीलाई प्रार्थमिकता दिने ।
– हाल पहुँचका आधारमा भएको पि.सि.आर भन्दा प्रत्यक वडामा धेरै भिड हुने स्थानमा र गाँउमा रेन्डम स्याम्पल अनुसार एक पटक पि.सि.आर गर्ने ।
– त्यस पश्चात निश्चित स्थानमा प्रत्यक दिन निश्चित संख्यामा पि.सि.आरको लागि स्वाव कलेक्सनको लागि व्यवस्थापन गर्ने ।
– आसोलेसन संख्या वढाउने, विशेष गरि होटललाई प्राथमिकता दिने र त्यसमा पनि वडा अनुसार व्यवस्था गर्न जरुरी रहेको छ । त्यस पश्चात टोल अनुसार सामुहिक आइसोलेसन बनाउने ।
– हामीले कोरोना संक्रमीत भएका विरामी देखि र भोगी सकेका छौ, त्यसकारण लक्षण नदेखिएकालाई घरमै आइसोलेसनमा विशेष सावधानी सहित राख्ने व्यवस्था गर्ने वा सामुहिक आइसोलेसनमा बस्ने व्यवस्था गर्ने ।
– आइसोलेसन र उपचारका निम्ति शहर भित्रकै एउटा ठुलो अस्पताल (निजि वा सरकारीलाई) व्यवस्थापन गर्ने ।
– २४ घण्टा एम्बुलेन्स सेवाका लागि ३–४ वटा एम्बुलेन्सलाई अस्पतालमा नै राख्ने र आइसोलेसनहरुमा कसैलाई समस्या आउने वितिकै अस्पतालमा ल्याउने ।
– अस्पतालमा भ्यान्टिलेसन र अक्सिजनको व्यवस्था गर्ने ।
– हालको भन्दा धेरै कोरोना संक्रमित आए भने, निजि क्षेत्रमा काम गर्ने ( निजि अस्पताल, क्लिनिक, एन.जि.ओ, आइ, एन, जि.ओ, र स्वास्थ्यका विध्यार्थीहरु) लाई प्रयोग गर्न मिल्ले गरि रणनिति र तयारी अवस्थामा राख्ने ।
उल्लेखित कार्य पश्चात, माक्स लगाउने, समाजिक दुरि कायम गर्ने, भिडमा नजाने, अत्यावश्क कार्यहरु सिमित मान्छेको उपश्थितिमा मात्र गर्ने हो भने मात्र अब कोरोना नियन्त्रण गर्न सकिने छ । नत्र अब मौसम बदलिने अवस्था रहेकोले रुघा, खोकि र ज्वरोका विरामी बढ्ने भएकाले अवस्था गम्भिर हुने खतरा बढेको छ ।

प्रकाशित मितिः     7:04:42 PM  |