सुर्खेत क्षेत्र नं. १ मा १५ सय २० सुरक्षित आवास बन्ने ( कुन स्थानीय तहमा कति ?हेर्नुहोस्)


गुर्भाकोट (सुर्खेत) ३२ साउन :  चालु आर्थिक वर्ष २०७७र७८ मा सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा १५ सय २० वटा सुरक्षित आवास निर्माण हुने भएको छ ।

क्षेत्र नं. १ का संघीय सांसद ध्रुव कुमार शाहीको अध्यक्षतामा बसेको बैठकले भवन निर्माण सम्बन्धी निर्णय गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि पहिलो सशोधन २०७७ अनुरुप सुरक्षित र वतावरण मैत्री आवासको लागि गरिवीको रेखामुनी रहेका ,प्रकोपका कारण घर बिहिन भएका र खर तथा परालको छाना भएका घरधुरिलाई जस्ताको छानामा ल्याउने नेपाल सरकारको नीति रहेको छ ।


सोही नीति अनुसार सांसद शाहीको अध्यक्षतामा वसेको सुरक्षित नागरिक आवास समन्वय समितिको वैठकले सिम्ता २ सय ३०,गुर्भाकोटमा ३ सय २०, भेरिगगामा २ सय ५०,चिंगाड २ सय, लेकवेशीमा २ सय ५० , वीरेन्द्रनगर ६३ , वाढीपिडित २ सय ७ गरि टीनको छाना १३ सय १३ र वाढी पीडित २ सय ७ गरि १५ सय २० घरधुरि सुरक्षित आवास निर्माण गरिने निर्णय भएको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिएका छन् ।

सांसद शाहीले योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । उनले सरकारको लक्ष्य कार्यान्वयनको लागि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मितिः     9:18:49 PM  |