कोहलपुर नपाको दोस्रो सूचना : कुनै पनि गाडी चल्न नदिने, शहर प्रवेश गर्ने नाका बन्द गर्ने


नेपालगन्ज ३२ साउन : कोहलपुर नगरपालिका भित्र आईतवारदेखि भदौ ५ गतेसम्म प्रवेशमा रोक लगाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप जोखिम नहोस् भन्ने उदेश्यले लकडाउनको बिकल्प रोज्नुपरेको नगरपालिकाले जनाएको छ ।

लकडाउनका विषयमा आईतवार दोस्रो सूचना जारी गर्दै नगरपालिकाले कुनै पनि सवारीसधान सन्चालन गर्न नदिने र कोहलपुर प्रवेश गर्ने चारवटा नाका पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि जारी भएको सूचनामा यातायातका साधन सन्चालन र शहर प्रवेशमा कुनै रोकटोक गरिएको थिएन । हेर्नुहोस् पहिलो सूचना-


दोस्रो सूचना जारी गर्दै नगरपालिकाले यातायातका साधन मात्र नभई चारवटा नाका हुँदै शहर प्रवेश गर्ने कार्यमा समेत रोक लगाएको छ । हेर्नुहोस् दोस्रो सूचना-

प्रकाशित मितिः     7:39:29 PM  |