राष्ट्र बैंकद्धारा पुनरकर्जाका लागि आवेदन आह्वान, यी हुन पुनरकर्जा पाउने क्षेत्र


नेपालगन्ज १ भदौ :  नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन गरेको छ । सोमवार प्रथम पटक सूचना जारी गरी राष्ट्र बैंकले कोरोनाका कारण अति प्रभावित र मध्यम प्रभावित क्षेत्रका लागि पुनरकर्जा प्राप्तीका लागि आवेदन आह्वान गरेको छ ।

राष्ट्र बैंकले यसअघि नै पुनरकर्जा कार्यविधि २०७७ जारी गरेको छ। राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि जारी गर्दै पुनरकार्ज प्रदान गर्ने प्रक्रिया उल्लेख गरेको छ। इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्‍याएर पुनरकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ।  राष्ट्र बैंकले अति प्रभावित र मध्य प्रभावितक्षेत्रलाई पुनरकर्जाका लागि योग्य मानेको छ । हेर्नुहोस् कर्जा प्राप्तीको योग्य क्षेत्र-

कार्यविधि अनुसार प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, ५ करोड रुपैयाँसम्मको विशेष पुनरकर्जा र साधारण पुनरकर्जा इजाजत प्राप्त क, ख, र ग वर्गका संस्थाहरुबाट एकमुष्ट रुपमा प्रदान गरिने छ।


सो पुनरकर्जा प्रदान गर्दा बैंकहरुले इजाजत प्राप्त संस्थाहरुबाट आवेदन आह्वान गरी तोकिए अनुसारको प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ। पुनरकर्जा प्राप्त गर्ने संस्थाले राष्ट्र बैंकलाई १, २ र ३ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ भने पुनरकर्जा प्राप्त गर्ने ऋणिले संस्थालाई ३ देखि ५ प्रतिशत ब्याज तिर्नु पर्ने छ।

जसअनुसार विशेष पुनरकर्जाका लागि राष्ट्र बैंकलाई संस्थाले १ प्रतिशत ब्याजदर, लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि राष्ट्र बैंकलाई २ प्रतिशत र साधारण पुनरकर्जाका लागि राष्ट्र बैंकलाई ३ प्रतिशत ब्याजदरमा रकम तिनुपर्ने हुन्छ।

पुनरकर्जा प्राप्त गर्ने ऋणिले संस्थालाई विशेष पुनरकर्जामा ३ प्रतिशत र अन्यमा ५/५ प्रतिशत ब्याजदरमा रकम तिर्नुपर्ने राष्ट्र बैंकको पुनरकर्जा कार्यविधिमा उल्लेख गरिएको छ।

प्रकाशित मितिः     10:11:59 AM  |