बाँकेमा भारतबाट दूध, हरियो तरकारी र माछा आयातमा प्रतिवन्ध


बाँके ३० साउन :  जिल्ला कोभिड संकट व्यवस्थापन समिति बाँकेको बैठकले जमुनाह नाका हुँदै नेपालगन्जमा भित्रिने माछा, दूध र हरियो तरकारीमा रोक लगाएको छ ।

सोमवार बसेको बैठकले उक्त निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिएका छन् ।

उनले भने,–‘ आज भाद्र १ गते बाँकेमा राजनीतिक दल, स्थानीय तहका प्रमुख सहितको सिसीएमसीको बैठकले भारतबाट माछा, दूध , हरियो तरकारी आयातमा रोक लगाएको छ ।’


तरकारी, माछा लगायतको आयातका नाममा कोरोना संक्रमण बढाएपछि यस्तो निर्णय लिइएको हो ।

 

प्रकाशित मितिः     5:09:12 PM  |