भेरी प्राविधिक शिक्षालयमा थप तीन विषय पढाउन बाटो खुल्यो


नेपालगन्ज १ भदौ ः चिकित्सा शिक्षा आयोगले नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन प्रमाणपत्र तह रेडियोग्राफी र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम थप गर्न अनुमति दिएको छ ।

चिकित्सा शिक्षा आयोगको साउन ३२ गते आईतवारको निर्णय अनुसार भेरी प्राविधिक शिक्षालय लगायत देशका बिभिन्न प्राविधिक कलेजमा थप कार्यक्रम सन्चालनको राय दिएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले भेरी प्राविधिक लगायत बिभिन्न प्राविधिक कलेजमा थप विषय पढाउनका लागि आयोगसंग राय मागेको छ । आयोगको बैठकले थप विषय पढाउनका कुनै वाधा नपुग्ने राय दिएको छ ।


आयोगले थप कार्यक्रम सन्चालन गर्दा कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, प्रशिक्षक र पहिले सन्चालनमा रहेका यस्तै प्रकृतिका कार्यक्रमहरुको स्थलगत रुपमा प्रभावकारीता समेत अध्ययन प्रतिवेदन साथ नयाँ कार्यक्रमको सिट निर्धारणका लागि पठाउन निर्देशन दिएको छ ।

क्त कार्यक्रमका लागि सक्रियतापूर्वक लागेका नेकपाका केन्द्रीय सदस्य एवं बाँकेका संघीय सांसद महेश्वर गहतराज अथकले नयाँ कार्यक्रम सन्चालनको अनुमति पाएपछि खुःसी लागेको बताए ।

उनले आफुहरुको अभियानले सार्थकता पाएको बताउँदै भने,–‘पूर्वाधारको समस्या नभएकाले थप गरिएका कार्यक्रम चाँडै सन्चालन हुन्छ ।’

 

प्रकाशित मितिः     9:53:41 PM  |