कोरोनाका कारण नेपालगन्ज -५ का ६२ वर्षिय पुरुषको मृत्यु


नेपालगन्ज २ भदौ :  बाँकेमा कोरोना संक्रमणका कारण चौथो मृत्यु भएको छ ।

भाद्र १ गते नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज ५ का ६२ बर्षका कोरोना संक्रमित पुरुषको राती ११ :  ४० मा मृत्यु भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले ती व्यक्तिको मृत्यु पुष्टि गरेका छन् ।

प्रकाशित मितिः     २ भाद्र २०७७, मंगलवार ०७:२७  |