नेपालगन्ज २ भदौ : बाँकेमा कोरोना संक्रमणका कारण चौथो मृत्यु भएको छ ।
भाद्र १ गते नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज ५ का ६२ बर्षका कोरोना संक्रमित पुरुषको राती ११ : ४० मा मृत्यु भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले ती व्यक्तिको मृत्यु पुष्टि गरेका छन् ।