यस्ता छन् धोनीको ग्यारेजमा बहुमुल्य कार


भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्तमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । रिटायरमेन्ट भन्दा पहिला उनले एक भिन्टेज कार खरिद गरेका छन् । पानिया फायरवर्ड ट्रान्स एएम नामक सो कार १९७० दशकको कार हो । सो कार धोनीको श्रीमती साक्षीले इन्टाग्राममा पोस्ट गरेकी थिइन् ।

धोनीको सो लेटेस्ट भिन्टेज कार लेफ्ट ह्यान्ड ड्राइभको साथमा उपलब्ध रहेको छ । सो कारमा भी८ बिग ब्लक इन्जिन समावेश गरेको छ । सो कारमा ४ स्पिड मुन्सिस ट्रान्समिन समावेश छ र यो २ डोर कार हो ।

यद्यपि सो कारको मूल्यको बारेमा केही जानकारी दिइएको छैन । रिपोर्ट अनुसार सो कारको मूल्य ६८ लाख ३१ हजार भारु हुने अनुमान गरिएको छ ।

पानियाले सन् १९६७ मा फायरवर्ड सिरिज लन्च गरेको थियो । यूएसमा सो कार फोर्ड मुस्ताङ र मर्करी काउगरसँग प्रतिस्पर्धा गर्छ । धोनीसँग ६.२ लिटर भी८ इन्जिन भएको ग्रान्ड चेरोकी ट्रयाकवाक कार रहेको छ ।

यो सँगै धोनीसँग अन्य कारको कलेक्सन पनि रहेको छ ।

औडी क्यु७
औडी क्यु७ भारतीय बजारमा निकै चर्चित कारहरु मध्ये एक हो । धोनीसँग पुरानो मोडलको औडी क्यु७ ३० टीडीआई क्वान्ट्रो पनि रहेको छ । सो कारमा २९६७ सीसी डिजेल इन्जिन समावेश छ । जसले २४२ एचपी पावर र ५५० एनएमको टर्क जेनेरेट गर्छ । औडी क्यु७ कम्पनीको उत्पादन लाइनअपमा एक प्रिमियम एसयूभी हो ।

हम्मर एच२
धोनीसँग कालो रङको २००९ हम्मर एच२ पनि रहेको छ । उनलाई आफ्नो होम टाउनमा सो कार चलाएको धेरै पटक देखिएको छ ।

मित्सुविसी पजेरो एसएफएक्स र आउटल्यान्डर
मित्सुविसी कम्पनीले भारतीय बजारको मोडल लाइनअपबाट पजेरो एसएफएक्स बन्द गरेको छ । तर धोनीसँग हालसम्म पनि सो कार उपलब्ध रहेको छ । एक अफ रोडर एसयूभीमा २।८ लिटर टर्बोचाज्र्ड डिजेल इन्जिन समावेश गरेको छ । जसले १२० एचपीको पावर र २८० एनएमको टर्क जेनेरेट गर्छ । आउटल्यान्डरमा २।४ लिटर एमआइभीईसी पेट्रोल इन्जिन समावेश रहेको छ । जसले १७० एचपीको पावर र २२६ एनएमको टर्क जेनेरेट गर्छ ।

महिन्द्रा स्कोर्पियो
महिन्द्रा स्कोर्पियो भारतमा निकै लोकप्रिय एसयूभी हो । धोनीसँग स्कोर्पियोको एक ओपन टप मोडिफाइड भर्सनको कलेक्सन छ । जसलाई विशेषगरी कस्टमाइज गरेर बनाइएको थियो । धोनीसँग स्कोर्पियो ४ सिटर भर्सनको कलेक्सन रहेको छ ।

ल्यान्डरोभर फ्रिल्यान्डर २
धोनीसँग ल्यान्डरोभर फ्रिल्यान्डर २ को कलेक्सन पनि रहेको छ । जसमा २।२ लिटर टर्बो डिजेल इन्जिन समावेश रहेको छ । सो इन्जिनमा दुई स्टेट्स रहेको छ । जसले १४८ एचपीको पावर र १८७ एचपीको पावर जेनेरेट गर्छ । जबकि सो इन्जिनले ४२० एनएम टर्क जेनेरेट गर्छ । सो मोडललाई ल्यान्डरोभर डिस्कभरी स्पोर्टले रिप्लेस गरिसकेको छ ।

फरारी ५५९ जीटीओ
धोनी फरारी कारको पनि शौखिन व्यक्ति हुन् । सो सुपरकारको बोनटमा भारतीय झन्डाको रङ पेन्ट गरिएको छ । फरारी ५९९ जीटीओमा ६.० भी१२ पेट्रोल इन्जिन समावेश गरेको छ । जसले ६६१ एचपीको पावर र ६२० एनएमको टर्क जेनेरेट गर्छ ।

प्रकाशित मितिः     २ भाद्र २०७७, मंगलवार १०:४५  |