पुनरकर्जामा होमस्टे लगायत पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता


नेपालगन्ज २ भदौ :  नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन गरेको छ । सोमवार प्रथम पटक सूचना जारी गरी राष्ट्र बैंकले कोरोनाका कारण अति प्रभावित र मध्यम प्रभावित क्षेत्रका लागि पुनरकर्जा प्राप्तीका लागि आवेदन आह्वान गरेको छ ।

राष्ट्र बैंकले यसअघि नै पुनरकर्जा कार्यविधि २०७७ जारी गरेको छ। राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि जारी गर्दै पुनरकार्ज प्रदान गर्ने प्रक्रिया उल्लेख गरेको छ। इजाजत प्राप्त संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा बैंकले प्रक्रिया पुर्‍याएर पुनरकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले अति प्रभावित र मध्य प्रभावितक्षेत्रलाई पुनरकर्जाका लागि योग्य मानेको छ । अतिप्रभावित सूचीमा रहेका होमस्टे लगायतका पर्यटन क्षेत्रलाई पुनरकर्जामा प्राथमिकता दिइएको छ ।

यी व्यवसाय पर्छन् अतिप्रभावित सूचीमा

पर्यटनतर्फ : ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा ।

होटलतर्फ : पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।

साहसिक पर्यटनतर्फ :  स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत ।

अन्यमा स् गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केबुलकार, हवाई तथा पर्यटकीय यातायात ।

मनोरञ्जनतर्फ : मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हल ।

रोजगारीतर्फ :  स्वदेश वा विदेशमा रोजगार गुमेका श्रमिक ।

राष्ट्र बैंकद्धारा पुनरकर्जाका लागि आवेदन आह्वान, यी हुन पुनरकर्जा पाउने क्षेत्र

कृषितर्फ : तरकारी, फलफूल, पुष्प, माछामासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा उत्पादन तथा बिक्री वितरण, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय र तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक संस्था, शैक्षिक परामर्श सेवा प्रदायक आदिलाई कोभिड–१९ बाट अतिप्रभावित सूचीमा राखेर पुनर्कर्जाका व्यवस्था गरेको हो ।
तपाईंले पुनर्कर्जाको आवेदन दिनुपूर्व निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । जस्तो, तपाईं व्यक्तिगत वा संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ । तपाईंले पुनर्कर्जा माग गर्दा भुक्तानी गर्नुपर्ने पहिलो कर्जाको अवधि १ वर्षको हुनुपर्नेछ ।

त्यस्तै, एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंकरवित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गर्नुपर्नेछ ।

पुनर्कर्जाका लागि आवेदन गरिएकोे कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्नेछ ।

योसँगै यदि तपाईंले आवेदन गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट गएर कर्जा लिने बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ ।
राष्ट्र बैंकले कोभिड –१९ बाट प्रभावित व्यवसायहरूलाई पुनः न्यून ब्याजदरमा पुनर्कर्जा दिने व्यवस्था गरेको छ । जसका लागि तपाईंले आजदेखि १४ असोजसम्म आवेदन दिन सक्नुहुनेछ । राष्ट्र बैंकले १ भदौ देखि पुनर्कर्जाका लागि निवेदन आह्वान गरिसकेको छ ।

राष्ट्र बैंकले सार्वजनिक यातायात व्यवसायीहरूलाई अति प्रभावित वर्गमा राखेर न्यून ब्याजदरमा थप कर्जा दिने व्यवस्था गरेको हो । सार्वजनिक यातायातबाहेक ५० प्रकारका व्यवसाय अति प्रभावित क्षेत्रमा राखेर पुनर्कर्जाको व्यवस्था गरिएको छ ।

 

यसरी तपाईंले नियमपूर्वक कागजातहरू पेस गरेमा तपाईंले ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउन सक्नुहुनेछ । यो पुनर्कर्जा तपाईंले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्नुहुनेछ ।

प्रकाशित मितिः     २ भाद्र २०७७, मंगलवार ११:४३  |