आव २०७७/ ७८मा सिक्टा सिंचाई आयोजनामा गरिने मुख्य ६ काम यस्ता छन्


नेपालगन्ज ३ भदौ :  राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाका लागि आव २०७७र७८ मा रु १ अर्व ५५ करोड ७४ लाख विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा महत्वपूर्ण काम गर्ने गरी बजेट विनियोजना गरिएको हो ।
राष्ट्रिय योजना आयोगका अनुसार, चालू आर्थिक वर्षमा सिक्टा सिंचाई आयोजना गरिने मुख्य छ कामको पहिचान गरिएको छ ।
सिक्टा सिंचाई आयोजनामा आव २०७७/७८ मा गरिने काम-

१. पूर्वी मुल नहर तथा संरचना निर्माण गर्ने ।
२.पश्चिम मुल नहर तर्फ आवश्यक मर्मत सम्भार गर्ने ।
३.सिंचित क्षेत्र विकास गर्ने ।
४.पश्चिम मुल नहर अन्र्तगतका ४ वटा शाखाहरुको निर्माण कार्य सम्पन्न गरी ४ हजार हेक्टर जमिनमा सिंचाई सेवा उपलब्ध गराउने ।
५.सिंधनिया शाखामा निर्माण सम्पन्न गरी २ हजार हेक्टर जमिनमा सिंचाई सेवा उपलब्ध गराउने
६.सिंचित क्षेत्रको वचावट काम गर्ने ।
आयोगका अनुसार हालसम्म हेडबक्स निर्माण गेट जडानको काम सम्पन्न भएको छ ।पश्चिम मुल नहरको ४५ किमीसम्म नहर निर्माण सम्पन्न भएको छ भने सिंधनीया शाखा र प्रशाखा नहरका निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।पुर्वी नहर तर्फ ५३ किमि नहरको काम शुरु भएको छ । सिक्टा हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र वित्तिय प्रगति ६१ प्रतिशत सम्पन्न भएको आयोगले जनाएको छ ।
बाँके जिल्लाको ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य सहित २०६३÷६४ बाट यो आयोजनाको निर्माण कार्य शुरु भएको हो । धानखेतीको समयमा नहरको पानी आउन थालेपछि किसानलाई खेतीगर्न सहज भएको छ ।

बाँके जिल्ला अगैया स्थित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको नहरमा दुई महिना देखि पानी आउन थालेपछि किसानहरु यो वर्ष चैते र समयमै धान खेती गर्न पाउँदा खुशी भएका छन । आयोजना अन्तरगत आर्थिक वर्ष २०६३र०६४ बाट बाध निर्माण शुरु गरीएको थियो ।

आयोजना हाल सम्म ६० प्रतिशत काम सम्पन्न भैसकेको छ । बाँकी काम ५ वर्ष भित्रमा पुरा गर्ने आयोजनाको लक्ष्य रहेको छ । ४४ हेक्टर जमिन सिचाई गर्ने लक्ष्य बोकेको सिक्टा सिचाईले यो वर्ष १६ हजार हेक्टर जमिनमा सिचाई गरीने सिक्टा सिचाई आयोजनाका कार्यालय प्रमुख लोक बहादुर थापा बताउँछन् ।

विगतका वर्षहरुमा आकाशे पानीको भर पर्ने किसानहरु अहिले नहरको पानीले सिंचाइ गर्न पाउँदा खुसी लागेको स्थानिय कृषक लालमती लोहार बताउँछन् । खेतीको समयमा सिंचाइ गर्न नपाउँदा उत्पादनमा समेत कमि आउने गरेको थियो ।

अहिले धानको विउ राख्न समयमै नहरको पानीले सिंचाइ गर्न पाउँदा उत्पादनमा समेत वृद्धि हुने उनिहरुले अपेक्षा गरेका छन । सिक्टा सिचाईको आयोजना पुरा भएपछि बाँके एवं बर्दिया लगायतका कृषकहरुले बाह्रै महिना नहरको पानीले खेती गर्न सक्ने छन ।

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार ०८:१९  |