कोरोना कहरमा सक्रिय भए तस्कर, दैनिक भित्रा्उन थाले अवैध सामान


नेपालगन्ज ३ भदौ :  कोरोना कहरमा पनि बाँकेमा भारतबाट अवैधरुपरुपमा सामाग्री भित्रा्उने क्रम रोकिएको छैन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन चेकपोष्टको आँखा झल्दै अवैध आयात गर्ने क्रम रोकिएको छैन । यसरी भित्रिने सामाग्रीमा सुर्ती तथा सुर्तीजन्य सामाग्री धेरै छन् ।

सीमाक्षेत्रका आधा दर्जन चेकपोष्टको आँखा झल्दै नेपालगन्ज र आसपासका स्थानीय तहसम्म ल्याइपुर्याएका त्यस्ता सामाग्री नेपाल प्रहरीले बरामद गरिरहेको छ ।

जमुनाहनाका पूर्णरुपमा बन्द छ भने अन्य सहायक नाकाबाट अवैध तस्करी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्काका अनुसार केही दिनयता त्यस्ता सामाग्री सहित मान्छे पक्राउ गरिएको छ ।

सोमवार डुडुवा गाउँपालिका १ सन्तलियाबाट गएको प्रहरी टोलीले १ बोरा सुर्ती र पान सहित मान्छे पक्राउ गरेको छ ।

त्यस्तै अघिल्लो दिन सोही प्रहरी चौकीबाट खटिएका प्रहरीले सुपर पावर सुर्ती ४ बोरा, पान मसला १ बोरा,खलिल शाही तमाखु १ बोरा लगायतका सामाग्री बरामद गरेको डिएसपी खड्काले बताए ।

सोमवार मात्र नेपालगन्ज वडा नम्बर ४ तेलनपुरीयास्थित प्रहरी टोलीले भारतबाट ल्याउँदै गरेको विभिन्न सामाग्री बरामद गर्यो ।

सामान्य अवस्थामा क्यारियर मार्फत अवैध आयात हुने कुरा नयाँ होइन ।

तर लकडाउनकै क्रममा सीमा बन्दका लागि दुबै देशका सुरक्षाकर्मी सीमामा तैनाथ भएका बेला समेत अवैध सामाग्री भित्रा्उने क्रम रोकिएको छैन ।

दुबै देशका नाम बन्द गरिपछि वैधानिकरुपमा मात्र आयात निर्यात भइरहेको छ ।

जसका कारण सीमाबाट हुने अनियन्त्रित आयातमा लगाम लागेपनि दैनिक हुने अवैध आयातले झस्काएको छ ।

जथाभावी मानिसको आवातजावत हुँदा कोरोना संक्रमणको जोखिम समेत बढेको छ ।

सोही विषयलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले केही दिन अघि भारतबाट तरकारी, दुध र माछा आयातमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १०:४४  |